बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा सम्पन्न

0

नवलपरासी – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटको २२ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सभाले अध्यक्ष धातानन्द बस्यालको बार्षिक प्रतिबेदन,कोषाध्यक्ष थुमकला बस्यालको आर्थिक प्रतिबेदन र खानेपानी सुरक्षा योजना टोलीको तर्फबाट संस्थाका उपाध्यक्ष तथा टोलीका संयोजक दिपक लम्सालको प्रतिबेदन, लेखा संयोजक गोपाल पाण्डेयको लेखा प्रतिबेदन र आर्थिक बर्ष २०७८÷०७९ को लेखापरिक्षण प्रतिबेदन समेत पारित गरेको छ । त्यस्तै सभाले बिगतको समिक्षा गर्दै आगामी नीति तथा कार्यक्रमहरु समेत पारित गरेको ब्यवस्थापक बिष्णु कुमार भुसालले जानकारी दिनुभयो । सभा उद्घाटन सत्रका प्रमुख अतिथि बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले खानेपानी तथा सरसफाईको क्षेत्रमा नगर गम्भिर रहेको दावी गर्नुभयो । त्यस्तै संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार समेत रहेका निर्वतमान नगर प्रमुख धीरज शर्मा बस्यालले खानेपानी तथा सरसफाईको क्षेत्रमा नगरपालिकाले काम गर्न नसकेको औल्याउनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेदविना तिवारीले सबै उपभोक्ताहरु मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति दामोदर जिसी, बर्दघाट नेकपा एमालेका नगर अध्यक्ष रविन्द्र बिक्रम हमाल,नेकपा(माओवादी केन्द्र) नगर ईञ्चार्ज गंगा पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य महेन्द्र सिं ठकुरी राप्रपाका मिलन श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा पारिजात सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष चुडामणि भण्डारी,समाजसेवी धर्मागत बस्याललगायतले समेत बोल्नुभएको थियो । कार्यक्रममा संस्थाकी कार्यसमिति सदस्य सुमित्रा थापाको स्वागत रहेको थियो । संस्थाले जडान गरेको धारा ४०६८ रहेको छ ।

You might also like