खोरेत रोग बिरुद्धको खोप लगाउने कार्य तीब्र

0

बर्दघाट – बर्दघाट नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास शाखाले पशुहरुमा लाग्ने खोरेत रोग बिरुद्धको खोप लगाउने कार्यलाई तीब्र बनाएको छ ।
शाखाले सात जना पशु सेवा प्राबिधिकहरुलाई कृषकको घरगोठमा खटाउदै खोरेत बिरुद्धको अभियान संचालन गरेको हो ।
शाखाले चालु आर्थिक बर्षका १० हजार निशुल्क खोप लगाउने शाखा प्रमुख भरत लम्सालले जानकारी दिनुभयो ।
खोरेत गाई भैसी तथा बंगुरमा लाग्ने रोग हो । यसको न्युनीकरणमा लागि शाखा लागि परेको लम्सालको भनाई छ ।
नगरपालिकाका १६ वटा वडामा भ्याक्सिनेटरका लागि कार्यविभाजन समेत गरिएको शाखाले जनाएको छ । शाखाले वडा नं १४ र १५ को लागि अभिशेक लामिछाने ,२ , ६ र ४ लाई रमेश पाण्डे, ३, ५ र ४ लाई रामप्रसाद पौडेल , १ र १५ वडालाई दिनानाथ ढकाल ,८ र ९ लाई लेखनाथ बस्याल , वडा १० र ११ लाई खिमलाल ढकाल र १२,१३लाई भिमबहादुर थारुलाई खटाइएको शाखाले जनाएको छ ।

You might also like