मिटरब्याजी तथा लघुबित्त पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउदै थारु मोर्चाको राष्ट्रिय सम्मेलन समापन
नवलपरासी ८ असोज – मिटरब्याजी तथा लघुबित्त पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउने लगायत १२ बुदें समसामायिक प्रस्ताव पारित गर्दै अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन समापन भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट–४ दिब्यनगरस्थित दिब्य ज्योति बौद्धविहारमा सम्पन्न राष्ट्रिय सम्मेलनले मिटरब्याजी तथा लघुबित्तबाट पीडित भएकाहरुको न्यायपुर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउने प्रस्ताव पारित गरेको हो ।
सम्मेलनले मजदुर तथा किसानको न्याय पुर्ण संर्घषमा समर्थन गर्दै समेत निर्णय गरेको मोर्चाका नवनिर्वाचित अध्यक्ष रामजी चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनले भारतबाट कब्जा गरिएको लिम्पियाँधुरा लिपुलेक र कालापानी फिर्ता, थारु स्वशासन तथा आत्मर्निणको अधिकार एंव सबै उत्पिडितवर्गलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिएको छ ।
साथै मोर्चाले राष्टघाती नागरिकता बिद्येयक एंव एमसीसी सम्झौताको खारेजी गर्नुपर्ने ठहर गर्दै आसन्न प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने निर्णय लिएको उहाँले बताउनुभयो ।
सम्मेलनले रामजी चौधरीको नेतृत्वमा २१ सदस्सीय केन्द्रीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा आशिष चौधरी , महासचिवमा दुर्गानारायण थारु , सचिवमा बिन्तीराम चौधरी कोषाध्यक्षमा नारायण प्रसाद चौधरी रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा देवानन्द चौधरी,मुक्तमाया महतो,फिरल महतो,बुनीलाल चौधरी,जगदीश डगौरा थारु ,रामविलास चौधरीलगायत रहनुभएको महासचिवमा दुर्गानारायण थारुले जानकारी गराउनुभयो ।
उद्घाटन देखि समापन सम्मका फोटोहरु