चाडवाडको मुखमा भुक्तानी पाउँदा कृषक मक्ख

0

सरकारले यो वर्ष उखु किसानलाई दशैंअघि नै अनुदानको रकम उपलब्ध गराएको छ । चाडवाडको मुखमा अनुदान पाएपछि उखु किसान मक्ख छन् ।

सरकारले क्रसिङ सिजन ०७८÷७९ मा चिनी मिललाई उखु उपलब्ध गराएका महोत्तरीका किसानको खातामा १४ करोडभन्दा बढी रकम भुक्तानी गरेको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) महोत्तरीका अनुसार महोत्तरीमा साना ठूला गरी २ वटा चिनी मिल सञ्चालनमा छन् । दुवै मिलमा उखु दिएका ११ हजार ३८१ कृषकको खातामा १४ करोड २९ लाख ६३ हजार रुपियाँ निकासा गरिएको हो ।

कोलेनिका प्रमुख बालकृष्ण अधिकारीका अनुसार रामनगरस्थित एभरेष्ट सुगर मिललाई उखु दिने दश हजार ९६४ किसानलाई १३ करोड ९३ लाख ६० हजार अनुदानको वितरण गरिएको छ । योपटक एभरेष्टले १९ लाख ९० हजार ८६५ क्विन्टल उखु क्रसिङ गरी १ लाख ८० हजार १५९ क्विन्टल चिनी उत्पादन गरेको थियो ।

त्यसतै भरखरै सञ्चालनमा आएको सिद्धिविनायक चिनी मिलका ४१७ जना उखु किसानको खातामा ३६ लख ३ हजार अनुदान रकम पठाइएको पनि अधिकारीले जनाउनुभयो ।

सिद्धिविनायकले ५१ हजार ४७२ क्वि. उखु क्रसिङ गरी ६ हजार क्वि चिनी उत्पादन गरेको थियो ।

सरकारले यो वर्ष अनुदान रकम बढाएर प्रति क्विन्टल ७ रुपियाँ गरेकोले पनि किसानमा खुसी छाएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश कुशवहाले बताउनुभयो । अगिल्लो वर्ष प्रति क्वि. उखुको अनुदान ६ रुपियाँ २० पैसा मात्र थियो ।

‘चाडबाडको मुखमा बढेको रकमसहित अनुदान उपलब्ध गराएकोले उखु किसानको मुहार उज्यालो भएको हो’ कुशवाहाले भन्नुभयो ।

कोलेनिका प्रमुख अधिकारीका अनुसार सरकारले बजेटमै व्वस्था गरेअनुसार उखु किसानलाई अनुदान उपलब्ध गराएको हो । आव २०७९÷८० को बजेटमा मुलुकभरका उखु कृषकलाई अनुदान उपलब्ध गराउन सरकारले ८१ करोड रुपियाँ विनियोजन गरेको थियो ।

अहिले उखुको मूल्य उधोगले ५२० र सरकारले अनुदानबापत ७० गरि प्रति क्वि. ५९० कायम गरिएको छ । उखु कृषकले भने प्रति क्वि. न्यूनतम ७०० रुपियाँ माग गर्दै आएका छन् ।

चिनी मिलमा उखु पु¥याएका र खेतमा उखु तयार गर्दै कृषक । gorkhapatra

You might also like