जय नेपाल हल परिसर खोतल्दा भेटियो टुकुचा खोला

0

काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ।
बिहिबार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ । khabardabali

You might also like