न्याय दिन किन आलटाल ?

0

pinterest sharing button

पछिल्लो समय राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका दश फुटबल खेलाडी न्यायका लागि भौँतारिई रहेका छन् । उनीहरुले प्रशिक्षकबाट आफूहरू पीडित भएको भन्दै न्याय माग्न लागेको बताएका छन् । एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको समयमा प्रशिक्षक अल्मुताइरीसँग सेवा सुविधाको विषयलाई लिएर खेलाडीको खटपट भएको थियो । सो क्रममा खेलाडीले बन्द प्रशिक्षण छोडेका थिए ।

बन्द प्रशिक्षण छोडेका खेलाडीहरू न्यायका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष पुगेका थिए । एन्फाले चुनावको बहाना बनाउँदै अहिले प्रशिक्षकको विषयमा केही गर्न नसक्ने बताएको थियो । त्यसपछि एन्फा अन्तर्गतकै अखिल नेपाल फुटबल खेलाडी संघले न्यायका लागि कदम अघि बढाएको थियो । खेलाडी संघका अध्यक्ष विक्रम लामाले आफूहरू अन्तिमसम्म पनि खेलाडीहरूको न्यायका लागि अघि बढ्ने बताएका छन् ।

भर्खरै मात्र सङ्घको नेतृत्वमा आएका लामाले दश जना खेलाडीहरू संघमा न्यायका लागि आएको समयदेखि नै उनीहरूको साथमा आफूहरू रहेको बताए । ‘खेलाडी संघ खेलाडीहरूको न्यायका लागि बनेको हो । हामी अन्तिमसम्म पनि दश खेलाडीको न्यायका लागि अघि बढ्नेछौँ । हामी सम्बन्धित निकायमा न्यायका लागि निरन्तर धाइरहेका छौँ,’ लामाले रातोपाटीसँगको कुराकानीमा भने । 
सामान्य कुरालाई घरभित्रै समाधान नगरी एन्फाले ठूलो विषय बनाएको लामाले बताए । आफूहरू एन्फामा न्यायका लागि धाएको समयमा नै समाधानमा लागि अघि बढेको भए यो अवस्था नआउने लामाको जिकिर छ । ‘सानो कुरालाई एन्फाले ठूलो रुप बनायो । यस्तो कुरा खेलाडी र प्रशिक्षकलाई बोलाएर समाधान गर्न सकिन्थ्यो । तर, अहिले यो विषय पूरै फुटबलको चासोको विषय बनिसक्यो,’ लामाले भने ।   ratopati
You might also like