कांग्रेस कार्यसम्पादनको बैठक ३ बजे बस्दै
काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । स्थानीय तह निर्वाचनको तयारी, घोषणा पत्र र महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि नै शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । उम्मेदवारको टुंगो लगाएपछि त्यसलाई कार्यसम्पादन समितिबाट अनुमोदन गर्ने तयारी छ ।
बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति नभएपछि दिउँसो ३ बजे बस्न लागेको केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
आगामी ३० वैशाख गते निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ । kantipur news