चिसापानी सामुदायिक वनमा निर्वाचन , अध्यक्षमा पुनः होम बहादुर गुरुङ बिजयी
नवलपरासी – चिसापानी सामुदायिक वन उपभोक्ता समुहको १९ औं बार्षिक साधारणसभा एवं ९ औ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको छ ।
निर्वाचनबाट पुन : समुहको अध्यक्षता होम बहादुर गुरुङ बिजयी हुनुभएको हो । बिभिन्न २३ वटा टोलबाट छानिएर आएका प्रतिनिधिहरुबीच निर्वाचन हुदाँ अध्यक्षमा होमबहादुर गुरुङले १७ मत प्राप्त गरेको र उहाँका प्रतिद्धन्दी अनिल गुरुंगले ६ मत प्राप्त गरेको जनाइएको छ ।
त्यस्तै २३ सदस्सीय समुहको उपाध्यक्षमा ईन्दु देवी चौधरी दोहोरिनुभएको छ । सचिवमा होमबहादुर सुनार र सहसचिवमा कृष्ण जिवन तिवामरी र कोषाध्यक्षमा सरस्वती सुनार चयन हुनुभएको बताइएको छ । यस समुहको बर्दघाट वडा नं. २,३,१२ र १३ सरावल गाउपालिकाको वार्ड नं. ५ र ६ र पाल्हिनन्दन गाउपालिका १ गरी कुल ३ हजार ३ सय ५० घरधुरी आवद्ध रहेको यस वनको कुल क्षेत्र फल ४९५.७६ हेक्टर रहेको छ ।