बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औं साधारणसभा सम्पन्न
बर्दघाट – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औं साधारणसभा सम्पन्न भएको छ । सभाले धारा जडान शुल्कमा छुट दिने ब्यवस्था गर्दै बिभिन्न प्रतिबेदन पारित गरेको हो ।
स्थायी बसोबास भएकालाई १२ हजार ३ सय ५ रुपैया जडान शुल्क लिने गरिएकोमा २०७८ चैत्रबाट २ हजार घटाएर १० हजार ३ सय ५ रुपैयामा धारा जडान गर्ने भएको छ । त्यस्तै अस्थायी धारा जडानका लागि १ हजार धरौटी सहित ११ हजार ३ सय ५ रुपैया लिने संस्थाले जनाएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा अवस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट ४ को २१ औँ बार्षिक साधारण सभाले सो पारित ब्यवस्था पारित गरेको हो ।
शनिबार संस्थाको प्रांगणमा सम्पन्न सभामा प्रमुख आतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बर्दघाट नगरपालिकाले नगरबासीलाई एक घर एक धारा पु¥याउने बताउनुभयो ।
उहाँले सो अभियानका साथ नगरले काम गरिरहेको जनाउदै अहिले सम्म नगरका ८० प्रतिशत भन्दा बढी घरधुरीमा शुद्ध खानेपानी पु¥याइएको जानकारी दिनुभयो । यसै आर्थिक बर्षमा ९० प्रतिशत घरधुरीमा खानेपानी पु¥याउने नगरको लक्ष्य रहेको प्रमुख बस्यालको भनाई थियो ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष थुमा बस्यालले संस्थाको कुल ८ करोड ९८ लाख २ हजार २ सय ६४ रुपिया बराबरको आय ब्यय विवरण प्रस्तुत गर्नुभयो ।
उहाँले आर्थिक बर्ष ०७७÷ ०७८ मा संस्थाले सञ्चालन एवं अन्य आम्दानी गरी २ करोड २० लाख २१ हजार ६ सय ८७ रुपैया आम्दानी गरेको र कुल खर्च १ करोड ६२ लाख ८० हजार ४ सय ६४ रहेको र संस्थाले ५७ लाख ४१ हजार २ सय २२ रुपैया संञ्चित गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा लेखा संयोजक गोपाल पाण्डेयले लेखा प्रतिबेदन प्रस्तुत गरेको बताइएको छ । संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना टोलीका संयोजक दिपक लम्सालले खानेपानी सुरक्षा योजना प्रतिबेदन प्रस्तुत गरेको जनाइएको छ ।
सो अवसरमा कार्यक्रमका विशेष अतिथि संघीय खानेपानी तथा ढल बयवस्थापन विभाग बुटवलका आयोजना प्रमुख अतुलेश कुमार कर्ण, नगर उपप्रमुख माया देवी पौडेल, बर्दघाट नगर प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल, अतिथिहरु संस्थाका पुर्व अध्यक्ष सिद्धिविलाश हमाल, जिल्ला खानेपानी उपभोक्ता महासंघ नवलपरासीका जिल्ला सचिव देवीदत्त सापकोटा, नेकपा एमालेका नगर उपाध्यक्ष शिव देव न्यौपाने, नेपाली कांग्रेसका बर्दघाट नगर सभापति दामोदर जि.सी. नेकपा माओबादी केन्द्रका बर्दघाट नगर अध्यक्ष तेजेन्द्र पुर्जा, एकीकृत समाजबादीका बर्दघाट नगर अध्यक्ष लोकेन्द्र पाण्डे, पारिजात सामुदायिक वनका सचिव कृष्ण प्रसाद न्यौपाने, बर्दघाट सरावल सव वन डिभिजन कार्यालयका प्रमुख गिरीराज पन्त, समाजसेवी, बद्रीनाथ खनाल, शम्भुलाल श्रेष्ठ, बृहस्पति अधिकारी, नरेश खनाल, राजेन्द्र सुनार, छविलाल खरेल, देवी लौडारी लगायतले मन्तब्य राख्नुभयो ।
सो अवसरमा संस्थाका उत्कृष्ट कार्य गर्ने कर्मचारी, संस्थालाई सर्वाधिक महसुल बुझाउने संस्था लगायत उपभोक्ताहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मानित गरिएको थियो ।
कार्यक्रममा स्थानिय कलाकारद्वारा सांगितिक प्रस्तुति समेत रहेको थियो । संस्थाका कार्य समिति सदस्य रेनुका खत्री गिरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव धन बहादुर गुरुंगले गर्नुभएको थियो ।
बि.स.२०५५ सालमा स्थापना भएको यस खानेपानी संस्थाले बर्दघाट नगरपालिकाको वडा नम्बर ४ का करिब ३ हजार ९ सय घरधुरी मध्य हाल सम्म ३ हजार ८ सय ६० नीजि तथा संस्थागत धाराहरु वितरण गरि २४ सै घण्टा खानेपानी सेवा पुर्याइरहेको र सस्थाले खानेपानीको मागलाई मध्यनजर गर्दै बर्दघाट ४ बाढिपिडितमा थप नयाँ ओभरहेड ट्यांकी निर्माण गरिरहेको जनाइएको छ । संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।