सात महिनामा १ खर्ब २० करोडको छुर्पी र घिउ निर्यात
हेटौंडामा उत्पादन भएको छुर्पी कुकुरको आहाराको रुपमा निर्यातकर्ता मार्फत अमेरिका पठाइएको र त्यो निकै रुचाइए पछि वर्षेनी निर्यात सुरु भएको कोइरालाले बताए । अमेरिकामा निर्यात थालेको पाँच वर्षमा उनको व्यापार अहिले झनै फराकिलो बन्दै गएको छ । ‘मासिक ३० हजार किलोसम्म छुर्पी अमेरिका पठाइरहेका छौं, बजार राम्रो रहेछ,’ कोइरालाले अनलाइनखबरसँग भने ।
काठमाडौंको म्हेपीमा रहेको लर्डबुद्ध हिमालयन प्रालिले पनि अमेरिकामा छुर्पी निर्यात गर्छ । विभिन्न हिमाली जिल्लाहरुमा हुने उत्पादनलाई अमेरिकाका सबै जसो सहरमा पठाइने कम्पनीका सञ्चालक गौरव श्रेष्ठले बताए । ‘छुर्पीको माग अमेरिका, जापान र युरोपेली मुलुकहरुमा छ । हामीले ७ वर्षदेखि नेपालबाट कृषि वस्तु निर्यात गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘अहिले अमेरिकामा राम्रो बजार छ, जापान र युरोपेली मुलुकमा निर्यात गर्न कठिन भइरहेको छ ।’ भारतबाट पनि ती मुलुकहरुमा यस्ता वस्तुको निर्यात हुने भएकाले प्रतिस्पर्धा गर्न र बजार खोज्न कठिन भएको श्रेष्ठले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार नेपालबाट दुग्ध उत्पादन निर्यात विस्तारै बढ्दैछ । चालु आर्थिक वर्षको ७ महिनामा मात्रै नेपालबाट अमेरीका, जापान र युरोपेली मुलुकमा एक अर्ब २० करोड रुपैयाँ बराबरको छुर्पी र घिउ निर्यात भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
उत्पादकले आफूले उत्पादन गरेको छुर्पी वा घिउलाई निर्यात गर्नु परेमा पहिले निर्यात प्रयोजनको गुणस्तर भए नभएको जाँच गाराउनु पर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका यस्ता उत्पादकले आफ्नो वस्तुको गुणस्तर परीक्षणको निवेदन विभागमा दिन सक्छन् ।
विभागमा प्राप्त हुने यस्तो निवेदनमा निर्यात हुने गुणस्तर रहेको खण्डमा गुणस्तर प्रमाणीकरणको प्रमाण पत्र जारी हुन्छ । यस्तो प्रमाण पत्र जारी भए पछि कृषि विभागले निर्यातका लागि यस्तो वस्तुको क्वरिन्टीन जाँच गर्छ । सोही क्वरेन्टिन जाँच पछि उत्पादन पास भए निर्यातका लागि विभागबाट उत्पादकले सर्टीफिकेट पाउँछन् । त्यस्तो वस्तुलाई उत्पमदकले निर्यातका लागि पठाउन सक्छन् । बजार विस्तार र प्रचारमा आक्रामक भएका कारण अमेरिकी र युरोपका केही बजारमा नेपाली नेपाली भन्दै यस्ता वस्तुको बिक्री भइरहेको गुनासो निर्यात कर्ताहरुको छ ।onlinekhabar