बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक प्रदर्शन गरेको बताए ।
उनले सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसतर्फ ध्यानाकर्षण गराएको र राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा भने बमोजिम सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताए ।
अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरुको समस्या तत्काल सम्बोधन नगरे देशभर प्रदर्शन गर्ने चेतावनीसमेत दिए !onlinekhabar