एम.सी.सी. विरुद्ध चार नम्बरमा संयुक्त बिरोध कार्यक्रम       

0

इन्दिरा खनाल                                                                              कपिलवस्तु : राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा मङलवार कपिलवस्तु जिल्लाको जीतपुर ४ नम्बर चोकमा ४ दलको संयुक्त आयोजनामा र्याली सहित बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज धनेश्वर पोख्रेल ,नेकपा (बिप्लब)का जिल्ला सचिब कमल केसी ,नेकपा मसालका जिल्ला प्रवक्ता छबिलाल गैरे लगायतका बक्ताहरुले सम्झौता र साम्राज्यवादी बिस्तारबादी हस्तक्षेप तथा सरकारको दलाल चरित्र बिरुद्द सशक्त भण्डाफोर गर्दै आ आफ्नो मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको अध्यक्षता राजमोका दधिराम आचार्यले गर्नु भएको थियो । सन्चालन अखिल क्रान्तिकारीका बिष्णु राउतले गर्नु भएको थियो ।

You might also like