एमसीसीका विरुद्ध आन्दोलन चर्काउदै आठ दल !

0

नवलपरासी : मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहित आठ राजनीतिक दलहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि आन्दोलन चर्काउन थालेका छन ।
हस्तक्षेपकारी संघर्षका कार्यक्रम घोषणा गर्दै उनीहरुले मङ्सिर २७ गते एमसीसीको काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गर्ने, मङ्सिर२८ गते संसद भवन घेराउ लगायतका कार्यक्रम सबर्वजनिक गरेका हुन ।
मङ्सिर २४ गते २६ राजनीतिक दलरसङ्गठनहरूले घोषणा गरेको कार्यक्रमलाई समर्थन गर्दै सफल पार्ने र आगामी परिस्थितिलाई हेरी थप सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्ने आठदलको निर्णय छ ।
मंगलबार र बुधबार विहान बसेको आठ दलको बैठकले उक्त निर्णय लिएको हो।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सङ्घर्षको कार्यक्रमलाई सशक्त पार्न देशका कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू र आम नेपाली जनतालाई व्यापक सहभागिताको निम्ति हार्दिक अपिलसमेत गरिएको छ।

 

You might also like