लुम्बिनी सरकारले आफूखुसी बजेट बाँडेको भन्दै पत्रकार महासंघ रुपन्देहीको आपत्ति

0

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ को सञ्चार क्षेत्रका लागि छुटाइएको परिमार्जित बजेटको विषयमा नेपाल पत्रकार महासंघ रुपन्देहीले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । महासंघले लोककल्याणकारी रुपमा बजेट विनियोजन गर्नुपर्नेमा विभेद गरेको भन्दै आपत्ति समेत जनाएको छ । सोमबार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारद्वारा हस्ताक्षरित विज्ञप्तीमा बजेट विनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केको भन्दै तुरुन्त सच्याउन जोडदार माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरि बजेट विनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यमहरुलाई मात्रै तोकेरै बजेट विनियोजन गरिद्रा सरकारको अभिभावकीय भूमिकामाथी प्रश्न उठेको छ तसर्थ विधि पद्धती र आर्थिक अनुशासन विपरित छुट्याइएको सञ्चार सम्बन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरि समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गर्दछौं ।’ यस्तै महासंघले पूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएकोप्रति आपत्ती जनाउदै उक्त कोषको रकमलाई थप वृद्धि गर्न माग गरेको छ । साथै, लम्विनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक तुरुन्त फिर्ता लिई संविधानको मर्म, भावना र पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न पनि महासंघ रुपन्देहीले माग गरेको छ ।globalawaj

You might also like