ग्रामीण साकोसको क्षेत्रगत २८ औँ साधारणसभा सम्पन्न, 

0

बर्दघाट : पश्चिम नवलपरासीको बर्दघाटमा मुख्य कार्यालय रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को क्षेत्रगत २८ औँ साधारणसभा मङलवार बर्दघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा बर्दघाट ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले शेयर सदस्यहरुको सहयोग र उत्कृष्ट नेतृत्वको कारणले सहकारी संस्था उत्कृष्ट बन्न सफल भएको बताउनुभयो । सभामा सस्थाको गत बर्षको आर्थिक प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाकी सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको आर्थिक विवरण तथा प्रस्तावित वित्तिय लक्ष्य सस्थाकी बचत सदस्य सेवा विभाग प्रमुख सुनयना चौधरीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा तथा सुपरिवेच्छण समितिको प्रतिबेदन लेखा समयोजक बोध राज पाण्डेले प्रस्तुत गर्नुभएको थियो । नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको ग्रामीण साकोसले ४७ करोड ६१ लाख २१ हजार ऋण लगानी गरेको छ भने शेयर पुँजी रु सात करोड १० लाख ३९ हजार र बचत संकलन रु ५५ करोड सात लाख ३७ हजार गरेको सहकारीले जनाएको छ । संस्थामा आठ हजार ४१९ जना शेयर सदस्य रहेको बताइएको छ । संस्थाले चार वर्षे रणनीति बनाई २५ हजार शेयर सदस्य बनाउने रणनीति लिएको र सोही अनुरुप कार्यक्रम अगाडी बढाएको सस्थाका सह सचिव देविदत्त सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा सेयर सदस्यहरुको तर्फदेखी सरिता खनाल, जनप्रतिनिधिको तर्फदेखी बर्दघाट २ की वडाध्यक्ष दया दर्लामी लगायतले मन्तब्य राख्नुभएको थियो । सस्थाका उपाध्यक्ष सुरज केसीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव राधा ढकालले गर्नुभएको थियो ।

You might also like