बर्दघाट खानेपानी संस्थाद्वारासरसफाई सामाग्री वितरण
नवलपरासी:बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई सामाग्री वितरण गरेको छ । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था बर्दघाट ४ अन्तर्गत रहेको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा आइतबार धौलागिरी टोल विकास सँस्था बर्दघाट ४ बाढिपिडितका आफ्ना सेवाग्राहीह लगायत टोल विकास सस्थालाई सरसफाई सामाग्री वितरण गरिएको हो । सस्थाद्धारा गठित खानेपानी सुरक्षा योजना समितिका सम्योजक एवं उपाध्यक्ष दिपक लम्सालको अध्यक्षता तथा बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यता एवं सस्थाका अध्यक्ष धातानन्द बस्यालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि हमालले बर्दघाट खानेपानी सँस्थाले वडा नम्बर ४ का करिव ३ हजार ८ सय घरधुरीलाई २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउदै आएकोमा खुसी ब्यक्त गर्दै उहाँले खानेपानी सँचालन र वितरण प्रणालीमा सँस्थाको दायित्व मात्र नभइ स्थानियको पनि उत्तिकै दायित्व रहने र खानेपानी र सरसफाई एक अर्कामा परिपुरक रहेकोले स्थानीयहरुले आफ्नो टोल र क्षेत्रको सरसफाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सो अवसरमा विशेष अतिथि बस्यालले सस्थाले आफ्नो कार्य क्षेत्र विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको र आफ्नो कार्य क्षेत्र भित्र एक घर एक धाराको लक्ष्यलाई पुरा गर्न विभिन्न योजनाहरु ल्याएको बताउदै खानेपानी वितरणमा समस्या हुन नदिन बाढिपिडितमा समेत बोरिंग गरि टंकीको निर्माण कार्यलाई अगाडी बढाएको बताउनुभयो । धौलागिरी टोल विकास सँस्थाका अध्यक्ष डिलाराम चालिसे, मिलिजुली आमा समुहकी अध्यक्ष सिता कामु, खानेपानी सुरक्षा योजना समितिका पुर्व सदस्य गणेश पाठक, समाजसेवी कृष्ण प्रसाद ढुँगाना लगाएतले ब्यक्तिगत र सामुदायिक सरसफाईको बारेमा मन्तब्य राख्नुभएको थियो भने सरसफाई र खानेपानीको उपयोगिताबारे शिक्षा क्षेत्रबाट प्रतिनिधित्व गरेका खानेपानी सुरक्षा योजना समिति सदस्य बाबुराम घिमिरेले सहजिकरण गर्नुभएको थियो । सो अवसरमा टोल विकास सस्थालाई २ थान बेल्चा, २ थान कोदालो, १० थान झाडु, १ थान ठेलागाडा वितरण गरिएको थियो भने उपस्थित सेवाग्राहीलाई स्वास्थ्य समाग्री अन्तरगत साबुन र मास्क वितरण समेत वितरण गरिएको थियो । खानेपानी सुरक्षा योजना समिति सदस्य कृष्ण न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले गर्नुभएको थियो ।