दाङमा एम.सी.सी. विरुद्ध मसाल जुलुस

0

दाङ : नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माअोदी ) दाङ जिल्ला समितिको कार्यक्रम अनुसार तुलसीपुर उपमहानगरपालिका :-१९ बिजौरी बजारमा मशाल जुलुस तथा कोणसभा सम्पन्न गरेको छ । बासगढि चौकबाट हातहातमा मशाल बोकेका क्रान्तिकारीहरुको टोलिले राष्ट्र राष्ट्रियता पक्षमा नारा लगाउदै MCC सम्झौता खारेजीको माग गर्दै बजार परिक्रमा गरि स्कुल चोक नजिकै रहेको प्रतिक्षालय अगाडि कोण सभा गरेको हो । उक्त कोणसभामा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले” एमसिसि परियोजना इन्डोप्यासेफिक रणनीतिको

अभिन्न अंग रहेको र जसरी कोलकत्तामा ब्यापार गर्न आएका गोरा ब्यापारीहरुलाई सुरक्षाको लागि अग्रेज सेना राखेर बिस्तारै सिङ्गो भारतमा एकछत्र शासन गरेका थिए। त्यही सिद्धान्तको आधारमा बिस्तारै बिस्तारै अमेरिकी सेना भित्र्याउने र चिन लाई टुक्राउन महत्त्वपूर्ण ठाउँ नेपाल भएकोले mcc पास गराउन मरिहत्ते गरेका र दवाब दिइरहेका छन । ” भन्नुभएको थियो । हालै नेपाल भ्रमण कै क्रममा रहेकी Mcc को उपाध्यक्ष रहेकी फातिमा सुमाार ले नेताहरूलाई दवाब दिईरहेको अबस्थामा MCC निल्नु न ओक्ल्नु भएको उहाँको भनाइ थियो । “दाङको सिमेन्ट उद्योग बाट एक अर्ब पन्ध्र करोड रुपैयाँ बिद्धुत महसुल बक्यौता रहेको त्यो उठाउन तिर ध्यान छैन यस्ता सयौं उद्योग बाट बक्यौता उठाउन बाकी रहेको र सबै बक्यौता उठाउ सक्ने हो भने mcc ले गर्ने आयोजना भन्दा ठुलो योजना बनाउन सकिने आर्थिक अबस्थामा नेपाल छ र 56 अर्ब सुन्न बित्तिकै -याल काढेर बिलोखान तछाडमछाड गरिरहेका छन । ” उहाँले भन्नुभयो । जसरी नेपाली जनताले ०६२/०६३ को आन्दोलन बाट सामन्ती राजाको अत्य गर्यो अबको आन्दोलन ले दलाल भ्रष्टहरुलाई किनारा लगाउने अान्दोलन आवस्यकता रहेको कुरा राख्नुभएको थियो ।

You might also like