माटो परिक्षण प्रतिबेदन सार्वजनिक
बर्दघाट – बर्दघाट नगरपालिकाको कृषि विकास शाखाले नगर क्षेत्रका किसानहरुको माटो परिक्षण गरी त्यसको प्रतिबेदन सार्वजनिक गरेको छ । गत बैशाख १५ गते देखि कृषकहरुको खेतवारीमा गएर ल्याईएको माटोको नतिजा सार्वजनिक गरिएको हो ।
आइतवार बर्दघाट नगरपालिकाको सभाहलमा सरोकारावालाबीच सार्वजनिक कार्यक्रम आयोजना गरी प्रतिबेदन दिइएको शाखाका कृषि प्राबिधिक (जेटीए) खुमाकान्त न्यौपानेले बताए । प्रतिबेदन नगर प्रमुध धीरज शर्मा बस्यालले सम्बन्धित वडाध्यक्षहरुलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा नगर उप प्रमुख मायादेवी पौडेल लगायतको आतिथ्यता थियो ।
नगरका १ सय ९० किसानहरुबाट माटोको नुमना लिइएकोमा माटोमा बढीमात्रामा धान खेती हुनेगरेकाले त्यसमा युरीया र पोटासको मात्र बढाउनु पर्ने र डिएपीको मात्रा घटाउनु पर्नै खालको पाइएको न्यौपानेले जानकारी दिए ।