कोरोनाका विरामीले भरियो भीम अस्पताल, बेड नपाउँदा भुईमा र अस्पताल बाहिर उपचार

0

भैरहवा -रुपन्देहीको भैरहवा भिम अस्पतालस्थित कोरोना विशेष अस्पतालमा बेड भरिएपछि विरामीहरुको उपचारमा कठिनाई भएको छ । कोभिडको लागि छुट्याइएको २७ वटा बेड भरिएपछि अस्पतालको आकस्मिक कक्षमा पनि संक्रमितको उपचार भइरहेको छ । ‘कोभिड कक्षमा संक्रमितको उपचार थेग्न नसकेपछि आकस्मिक कक्षमा उपचार सुरु गरेका थियौ, त्यो पनि भरिसकेको छ संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी रहेको छ।’अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोख्रेलले भने ।

अन्य विरामीको सेवालाई अहिले केही समय स्थागित गरेरे आकस्मिक कक्षमा पनि कोभिडको उपचार गरिरहको उनले बताए। ‘अस्पतालमा जटिल अवस्थाका विरामीहरु थपिने क्रम बढ्दो छ ,वेड धान्न सक्ने अवस्था छैन, अक्सिजन सहितको वेड खाली नभएकोले केहीलाई भुईमा राखेर भएपनि अक्सिजन सहितको उपचार गर्न बाध्य छौ’ पोख्रेलले भने ।

अस्पतालमा अहिले ४० जना कोभिडका विरामी उपचाररत छन, कोभिड कक्ष तर्फ ४ जना आइसियुमा, १८ जना एचडियुमा छन भने बाकी विरामी आकस्मिक कक्षमा उपचाररत छन । भएको जनशक्तिले कोभिडको उपचार गरेपनि अहिले सम्म फिजिसियन आएका छैनन, ८ जना मेडिकल अफिसर १४ जना सिस्टर र कार्यालय सहयोगीबाट उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

रुपन्देही जिल्लाभर ४ हजार ६ सय ७६ सक्रिय संक्रमित छन् । मगलबार मात्रै ७ सय ९७ जना बढीमा संक्रमण पुष्टि भएको छ, यसरी दैनिक रुपमा संक्रमण बढ्दै जानु र नियन्त्रण नभए यस क्षेत्रको स्वास्थ्य प्रणालीलाई नै ठूलो कठिनाइ आउने अवस्था छ ।

Lumbini times

You might also like