४ वटा क्रान्तिकारी कम्युनिष्टबीच रणनैतिक मोर्चा बनाउने सहमति

0

रवि पाण्डेय
नवलपरासी – क्रान्तिकारी एकतामा जोड दिदै आएका ४ कम्युनिष्ट पार्टीले रणनैतिक मोर्चा निर्माणको तयारी थालेका छन् । संसदीय फाँटको नेकपामा आएको बिभाजनले देश प्रतिगमनमा गएको उनीहरुले निष्र्कष निकाल्दै मोर्चाबन्दीको पहल लिएका हुन । मोहन बैद्य किरण नेतृत्वको नेकपा नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रणनैतिक मोर्चा निर्माणको तयारी थालेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टीले रणनैतिक संयुक्त मोर्चा बनाउने पार्टी एकता गर्ने अन्तराष्ट्रिय प्रचलन छ ।

उनीहरुले वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधानको विकल्पमा संघीय जनगतन्त्र तथा वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्था स्थापनाका निम्ति रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेका बिज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेको चारवटै पार्टीका शीर्ष नेतृत्वको हस्ताक्षरमा मंगलबार सार्वजनिक प्रेस वक्तव्यमा उल्लेख गरिएको हो ।विभिन्न चारवटा बुँदामा भएको सहमति सार्वजनिक गर्दै वक्तव्यमा भनिएको छ, “अहिले देश र जनताले भोगेका समस्याहरुको वास्तविक जनपक्षीय समाधान संसद पूनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र केबल सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र÷वैज्ञानिक समाजवादको स्थापना हुनुपर्दछ ।”
वक्तव्यमा अगाडि लभनिएको छ, “केपी ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र आगामी कार्यक्रम शिघ्र घोषणा गरिनेछ ।”
ओलीले गरेको संसद विघटन र वर्तमान राजनीति व्यवस्थाबारे वक्तव्यमा भनिएको छ, “वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवि जनताबीचको अन्तरविरोध चर्कदै गएको छ । दलाल तथा प्रतिक्रियावादी पँुजीवादका विभिन्न गुटहरुका बीचमा पनि अन्तरविरोध चर्कदै गएको छ । दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासिवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ । केपी ओलीको कदम निरंकुश एवं फासिवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक हो ।”

You might also like