स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम : सांसद कण्डेलकाे ३० महत्त्वपूर्ण योजना

0

उमेश बि.क / नवलपरासी ,३० मंसिर/

पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट याेजना तर्जुमा गरिएको छ । निर्वाचन क्षेत्र सरावल गाउँपालिका १,२,३,सुनवल नगरपालिका,रामग्राम नगरपालिका ,पाल्हिनन्दन गाउँपालिका पर्दछन् । सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले आव २०७७/७८ का लागि प्राप्त रु चार करोड बजेट आफ्नो क्षेत्रका विभिन्न योजनामा बाँडफाँट गरेका हुन् । सरकारले सङ्घीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा योजना सञ्चालन गर्न पठाएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत यस क्षेत्रमा ३० वटा योजना छनोट गरिएको छ । छनोट गरिएका योजनामा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभएको छ । सांसद कण्डेलका अनुसार तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्था सरावल १ काे अधुरो भवन निर्माणका लागि रु १५ लाख विनियोजन गरिएको छ भने सरावल १ कै राम जानकी मन्दिर भाैतिक निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ । सरावल २ काे पर्यटकीय क्षेत्र काेलबृक्ष कभर्डहल निर्माण ३० लाख , सरावल २ काे सुबन्सी कन्या अधारभुत बिद्यालयकाे भाैतिक निर्माण २० लाख ,सरावल ३ महेन्द्र माविकाे लागि ५ लाख , सरावल गाउँपालिका स्तरीय महिला भवन निर्माण २० छुट्याइएको छ । यस्तै सुनवल १३ माेतिलाल बहुमुखी क्याम्पस सटर निर्माण १६ लाख ,सुनवल १२ कभर्डहल निर्माण १२ लाख , सुनवल १२ जनता अधारभुत समुदायिक विद्यालय १० लाख, सुनवल ५ पक्कि कलभट १५ लाख ,सुनवल ११ नाला निर्माण १० लाख र सुनवल १० खेलमैदान १० लाख विनियोजन गरिएको छ । यस्तै रामग्राम नगरपालिका १५ सिकाई केन्द्र र मन्दिर १० लाख , रामग्राम ३ गणेश मन्दिर निर्माण १० लाख ,रामग्राम ३ रामग्राम नन्दन सिकाई केन्द्र १० लाख ,रामग्राम १६ महिला भवन १० लाख ,रामग्राम १२/१३ धर्मशाला निर्माण १०/१० लाख ,रामग्राम १५ मदर्शा १५ लाख ,रामग्राम १४ जनता मावि सरस्वती मन्दिर १० लाख ,रामग्राम ७ उत्तम बालहित मा.वि १५ लाख ,रामग्राम ८ सालिक निर्माण १० लाख विनियोजन गरिएको छ । यस्तै पाल्हिनन्दन गाउँपालिका १ चर्च १० लाख ,पाल्हिनन्दन ३ सेमरहवा बाबा मन्दिर ५ लाख,पाल्हिनन्दन २ अारसिसि १५ लाख ,पाल्हिनन्दन ३ मस्जिद १० लाख ,पाल्हिनन्दन ४ पाल्हि मन्दिर ३० लाख ,पाल्हिनन्दन ६ स्लामिया मस्जिद १२, लाख र पाल्हिनन्दन ५ अारसिसि २० लाख विनियोजन गरिएको सांसद कण्डेलले जानकारी दिनुभएको हाे। साथै आ.व.२०७७ मै कार्यसम्पादन भैरहेको निर्वाचन पुर्वाधार बिकास बिशेष कार्यक्रम/योजना अन्तर्गत बेलासपुर हात्तिवन खण्ड गण्डक नहर क्षेत्र कालाेपत्रे बाटो निर्माण ४ कराेड ,पिपरहिया सुगाैलि हरपुर झरहि नदि छेउ हुदै अमानिगन्ज सम्म भित्री बाटाे निर्माण २ कराेड ,पिपरहिया सुगाैलि हरपुर झरहि नदि छेउ हुदै दशगजा सम्म जाेड्ने बाटाे निर्माण २ करोड र महेशपुर पन्चनगर खण्ड भुजहवा महेशपुर कालाेपत्रे जाेड्ने सुनरी खण्ड बाटाे निर्माण २ कराेड बिनियाेजन गरिएको कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभएको छ ।

No description available.No description available.

No description available.

 

 

 

 

 

You might also like