नवलपरासीमा युवकको शव मृत अवस्थामा भेटियो

0

सहबान अन्सारी

नवलपरासी,७ भदौ

नवलपरासीमा एक युवक मृत अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । आईतवार बिहान प्रतापपुर गाँउपालिका वडा नं ८ फटकीटोला बस्ने अन्दाजी (४१) बर्षिय अर्जुन यादवको शव घर देखी ६ मिटर पुर्व दक्षिण तर्फ मृत अवस्था देखेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए।

मृतक यादवको टाउकोमा समान्य चोट देखिएको हुदाँ हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए । अनुसंधानको क्रममा संकास्पद सोही ठाउँका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमको लागी परासी पठाईएको साथै थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ।

You might also like