शहिद तथा बेपत्ता योद्धा परिवार समाज नेपालको संयोजकमा पुष्कर श्रेष्ठ निर्वाचित
काठमाण्डौ : शहिद तथा बेपत्ता योद्धा परिवार समाज नेपालको राष्ट्रिय भेलाले पुष्कर श्रेष्ठको संयोजकत्वमा १५ सदस्सीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
काठमाण्डौमा शनिवार सम्पन्न भेलाले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य दिनेश शर्मा प्रतिनिधिबाट सुरेश अधिकारी लगायतले शुभकामना मन्तब्य राखेको समाजले जनाएको छ ।
साथै भेला पछिको प्रथम बैठकले ३ सदस्सीय सचिवालय समेत गठन गरेको र ६ महिना भित्र १५ जिल्लामा संगठन विस्तार र ३५ जिल्लामा सम्पर्क स्थापना गर्ने निर्णय गरेको संयोजक श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।