जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम

0

नवलपरासी १४ फागुन – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नवलपरासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम शुरु गरेको छ ।
बुधवार पार्टीको बर्दघाट नगर संगठन समिति र सुस्ता गाउँ संगठन समितिले छुट्टाछुट्टै रुपमा सहिद तथा बेपत्ता परिवारका घरदैलोमा कोशेली सहित पुगेर भेटघाट शुरु गरेका हुन् ।
सो अवसरमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले सहिदको सपना पूरा गर्न जनयुद्ध लडेर आएको पंक्ति नलागेर सहिदको अपमान भएको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले क्रान्तिकारीहरु बीच एकता गरेर जनयुद्धका सहिदको सपना पूरा गर्न आफूहरु निरन्तर लागिरहेको उल्लेख गर्दै संसदवादीहरुको कुनै पनि भम्रमा नपर्न आग्रह गर्नुभएको बर्दघाट नगर संयोजक राम प्रसाद अर्गेजाले जानकारी दिनुभयो ।
त्यस्तै सुस्ताका बिभिन्न वडामा पार्टीको सुस्ता संयोजक सोम बहादुर विश्वकर्माको अगुवाईमा सहिद तथा बेपत्ता परिवार घरदैलो कार्यक्रम गरिएको थियो । सप्ताह अन्तरगत सुनवल, रामग्राम, सरावल र पाल्हीनन्दनमा घरदैलो अभियान संचालन हुने सो पार्टीले जनाएको छ ।

 

 

You might also like