क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको एकताको जिल्ला सम्मेलन हुदै

0

नवलपरासी:
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले संर्घषको रुपमा एकता सम्मेलन गर्ने जनाएको छ । सोमबार बर्दघाटमा पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले उक्त कुरा जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले नयाँ जनवाद हुदै बैज्ञानिक समाजवाद स्थापनाका लागि जनबिद्रोह आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी पार्टीका अर्का केन्द्रीय तथा जिल्ला संयोजक रवि पाण्डेयले पार्टीको एकताको जिल्ला सम्मेलनले जिल्लाको वर्गसंर्घषको खाका बनाउने बताउनुभयो । सम्मेलन पछि पार्टी राष्ट्रियता,जनतन्त्र र जनजिविकाको पक्ष संर्घष गर्ने उहाँको दावी थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी, नेकपा(बहुमत) र नेकपा (मशाल) बीच एकताको बनेको पार्टी हो । पार्टीले यही असोज २ र ३ गते बर्दघाटमा एकताको जिल्ला सम्मेलन गर्दैछ ।
सम्मेलनमा सातै पालिकाका ११० जना प्रतिनिधि सहभागी हुने पार्टीले पत्रकार सम्मेलनमा जनाकारी दिएको थियो ।

You might also like