प्रदेश पाँचका जिल्लाहरुमा दीप प्रज्वलन (फोटो फिचर)

0

बुटवल – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश अन्तरगत बिभिन्न जिल्लाहरुमा जनयुद्धको २९ औं दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरिएको छ ।
दाङ जिल्लाको तुल्सीपुर र लमहीमा दीप प्रज्वलन गरिएको पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज निरज केसीले जानकारी दिनुभयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङका अनुसार तुल्सीपुर,केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज निरज केसी र अखिल –क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नवीन खड्का बक्ता र ईश्वरी प्रसाद गैरे संचालक हुनुहुन्थ्यो । त्यस्तै लमहीको कार्यक्रममा जिल्ला संयोजक तिलक बिक र प्रदेश सदस्य शक्तिले मन्तब्य राख्नुभयो ।
रुपन्देहीको बुटवलस्थित अमरपथमा दीप प्रज्वलन गरिएको पार्टीले जनाएको छ । कार्यक्रममा पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही ईन्चार्ज तिलक पुन र बिद्यार्थी नेता मनोज थापाले सम्बोधन गर्नुभएको थियो । पाल्पाबाट प्राप्त समाचार अनुसार पाल्पाको रामपुरको ग्रामीण क्षेत्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले जनस्तरमा दीपप्रज्वलन गरेको छ । पाल्पामा यस अघि अभियान समेत उद्घाटन गरिएको थियो । त्यस्तै अर्घाखाँची र कपिलबस्तुमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीप प्रज्वलन गरेको प्रदेश कार्यालयबाट जानकारी दिइएको छ ।

You might also like