क्रान्तिकारी कम्युनिस्ट पार्टीका जनबर्गीय संगठनका एकता भेला तीब्र
नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता अधिबेशन भएपछि जिल्लामा जनवर्गीय संगठन तथा मोर्चाहरुको एकता भेला तीब्र पारिएको छ । जिल्लामा २०८० असार ३० गते पार्टी एकता भएपछि पाँच वटा पालिकामा पार्टी एकता र दुईवटा पालिकामा सम्पर्क स्थापना भएको सो पार्टीले जनाएको छ । नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भएको थियो । ‘यस ६ महिनामा हामीेले पार्टी सदस्यता अध्याबधिकका साथै बिभिन्न संर्घषका कामहरु समेत सम्पन्न गरेका छौ’– सो पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले भन्नुभयो –’युवा, बिद्यार्थी र महिला संगठनको जिल्लामा एकता भेला सम्पन्न भएको छ ।’ पार्टी संगठन र संर्घषका कामले विस्तारै गति गएको ईन्चार्ज क्षेत्रीको भनाई छ । पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन, अखिल (क्रान्तिकारी) र क्रान्तिकारी महिला संगठनको एकता भेला भएको सो पार्टीले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयका अनुसार सन्देश सापकोटाको नेतृत्वमा बिद्यार्थी संगठन, तरुण श्रीसको नेतृत्वमा युवा संगठन र मुक्तिमाया महतोको नेतृत्वमा महिला संगठनको जिल्ला समिति भेलाद्वारा गठन भएका छन् । भेला सम्पन्न भएका जनवर्गीय तथा मोर्चा संगठनको जिल्ला सम्मेलन र भेला संगठनहरुको एकता भेला गर्ने योजना सहित काम अगाडि बढाइएको संयोजक पाण्डेले जानकारी दिनुभयो । अबको चरणमा टे«ड युनियन, किसान संगठन,आदिवासी जनजाति महासंघका बिभिन्न घटक , सुकुम्बासी र दलित मोर्चाका भेलाहरु गर्दै जाने योजना रहेको संयोजक पाण्डेको भनाई छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका करिब ३० वटा जनवर्गीय मोर्चा संगठन एंव पेशागत संघसंगठन क्रियाशिल छन् ।