संर्घषको खाका कोर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी पाँच नं प्रदेश सचिवालय बैठक सम्पन्न

0

दाङ (राप्ती) – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पाँच नम्बर प्रदेश संगठन समितिको सचिवालय बैठक आगामी संर्घषको खाका कोर्र्दै सम्पन्न भएको छ । साउन २९ र ३० गते दाङ जिल्लाको राप्ती गाउँपालिका–३ मसुरीयाको बाघढड्डी गाउँमा पार्टीको बैठक भएको हो ।
मुक्त कमैया तथा सुकुम्बासीहरुको बस्तीमा दुईदिन सम्म संचालित बैठकले दुरगामी तथा महत्वपुर्ण निर्णय लिएको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदीले जानकारी गराउनुभयो । बैठकले भाद्र महिना भित्र एकता प्रक्रियाका सबै काम सकेर असोज १५ गते सम्मको संर्घषका कार्यक्रम समेत तय गरेको सुवेदीको भनाई छ । उक्त बैठकमा केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदीले केन्द्रीय कार्यालयको बैठकको सार सहित आगामी योजना सहित निर्देशनात्मक भनाई एंव बैचारिक प्रशिक्षण राख्नुभयो । बैठकमा केन्द्रीय उत्पादन बिभाग प्रमुख के.बी गुरुङले उत्पादन र आन्दोलनको कडीलाई जोड्ने बिधिका बारे थप बैचारिक प्रशिक्षण गर्नुभयो ।
त्यस्तै बैठकमा प्रदेश कार्यालयको तर्फबाट केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक श्याम बहादुर बोहोराले ९ वटा बिभिन्न प्रस्तावहरु पेश गर्नुभएको थियो । प्रदेश कार्यालयको तर्फबाट केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजकद्वय निरज केसी र शेरकुमार खड्काले एजेण्डाहरुबारे थप प्रस्ट पार्नुभएको थियो । प्रदेश अन्तरगत कार्यक्षेत्र भएका केन्द्रीय सचिवालय सदस्य तथा महाधिबेशन आयोजक समितिका सदस्यहरु सम्मिलित बैठकमा जिल्ला ईन्चार्ज तथा संयोजकहरुले कार्यक्षेत्रको रिर्पोटिङ गर्नुभएको थियो ।बैठकमा महाधिबेशन आयोजक समिति सदस्य मोतीराम खड्काले सर्कुलर बाचन गर्नुभएको थियो ।
बैठकमा केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही ईन्चार्ज तिलक पुन, संयोजक लक्ष्मीकान्त पौडेल सहसंयोजकद्वय बिनोद मराशिनी र रेखा खनालले कार्यक्षेत्रको रिर्पाेट राख्नुभयो ।
त्यस्तै नवलपरासी जिल्लाको तर्फबाट महाधिबेशन आयोजक समिति सदस्य तथा ईन्चार्ज क्षेत्रबहादुर थापा र जिल्ला संयोजक रवि पाण्डेयले कार्यक्षेत्रमा भएका काम र सम्भावना र चुनौती सहितको रिर्पाेट राख्नुभएको थियो ।
पाल्पा जिल्लाको तर्फबाट जिल्ला ईन्चार्ज निमकला पुन गुल्मीबाट जिल्ला ईन्चार्ज टिकाराम राना, अर्खाखाँचीबाट जिल्ला ईन्चार्ज हुकुम , दाङबाट अमर पोखरेल, रुकुमबाट हिरामणी रावल , सल्यानबाट मोतीराम खड्का, रोल्पाबाट नारायण भण्डारी, कपिलबस्तुबाट शेरमान थारुलगायतले कार्यक्षेत्रको रिर्पाेट राख्नुभएको पार्टीले जनाएको छ ।
त्यस्तै अखिल नेपाल थारु राष्ट्रिय मुक्तिा मोर्चाका केन्द्रीय अध्यक्ष रामजी थारुले मोर्चाको बारे रिर्पाेट गर्नुभयो । बैठकको ब्यवस्थापकीय भुमिका पार्टीका दाङ जिल्ला सहसंयोजक तिलक बिकको नेतृत्वमा स्थानीय जनसमुदायहरुले गरेका थिए ।

 

You might also like