बर्दघाट नगरपालिका पहिलो पुर्ण संस्थागत सुत्केरी नगर घोषणा
बर्दघाट – बर्दघाट नगरपालिका पहिलो पुर्ण संस्थागत प्रसुति सेवा युक्त नगर घोषणा भएको छ । शुक्रबार नगरपालिकाले आयोजना गरेको एक समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले पुर्ण संस्थागत नगरपालिका घोषणा गर्नुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले प्रदेश सरकारले दक्ष स्वास्थ्य कर्मीको व्यवस्था गर्ने लागेको बताउनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनाल, लुम्बिनी प्रदेश सभा सदस्यत्रय बिश्व प्रेम पाठक, खड्ग बस्नेत र देवकरण कलवारले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा पुर्ण संस्थागत प्रसुति प्रतिवेदन बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली र जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ओम प्रकाश पन्थीले बर्दघाट नगर पुर्ण संस्थागत प्रसुति भएको नगर घोषणा माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पूर्व नगर प्रमुख धीरज शर्मा बस्याल, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब जनार्दन पन्थी, नेकपा एमाले नगर अध्यक्ष रबिन्द्र बिक्रम हमालले शुभकामना मन्तव्य राख्नुभएको थियो । बर्दघाट नगरपालिकाका सबै वडा र सहयोग गर्ने फेरमेड, ग्रीनतारा, इन्द्रेणी सामाजिक बिकास मञ्चलाई सम्मान पत्र बितरण गरिएको छ ।