तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाउने

0

नवलपरासी – नवलपरासी पश्चिममा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाउने भएका छन् ।
नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत) र नेकपा(मशाल)ले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाउने भएका हुन् । बुधवार बर्दघाट–४ आनन्दनगरमा बसेको संयुक्त बैठकले जनआन्दोलन दिवस चैत्र २४ लाई संयुक्त रुपमा मनाउने निर्णय गरेको क्रान्तिकारी माओवादीका जिल्ला ईञ्चार्ज संकल्पले जानकारी दिनुभयो ।
बैठकमा क्रान्तिकारी माओवादीका जिल्ला ईञ्चार्ज संकल्प, जिल्ला सेक्रेटरी समर, जिल्ला सदस्य न्युक्लियस , नेकपा (बहुमत)बाट जिल्ला सदस्य श्रमिक र नेकपा (मशाल)का जिल्ला सेक्रेटरी मिलन र मशालका बर्दघाट–५ का वडा सेक्रेटरी प्रेम सहभागी हुनुभएको थियो । तीनवटै पार्टीले पार्टी एकता संयोजन समिति गठन गरेर बैचारिक बहस गर्दै आएका छन् । बैचारिक बहसबीच नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच चैत्र २४ गते पार्टी एकता घोषणा गर्न पत्रकार भेटघाट कार्यक्रम तय गरिएको छ ।

 

 

 

 

You might also like