विकास र समृद्धिका लागि सहकारीसंग सहकार्य – उपप्रमुख उपाध्याय

0

बर्दघाट – बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले तीन खम्बे अर्थ नीतिको एक खम्बा रहेको सहकारी क्षेत्रलाई सहभागी नगराई नगरको विकास सम्भव नहुने बताउनुभएको छ । शनिवार संकल्प बहुउद्धेश्शीय सहकारी संस्था लि.बर्दघाट ४ को आयोजना न्यु भिजन मिडिया प्रालिको समन्वयमा आयोजित ३ दिवसीय नेतृत्व विकास सम्बन्धि तालिम समापन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘सहकारी क्षेत्रको पनि उतिकै सहभागिता र संलग्नता बनाएर मात्रै यो नगरपालिका सफल हुन्छ । हामी सबै सफल हुन्छौ । यो विश्वास यहाँहरु माझ राख्न चाहन्छू । ‘

नगरपालिकाले विकास र समृद्धिका लागि सहकारीसंग सहकार्य गर्ने उहाँको भनाई थियो ।
फरक प्रसंगमा उहाँले नेतृत्वका सफल हुनका लागि लक्ष्य स्पष्ट हुनुपर्ने चर्चा गर्दै लक्ष्यहरुको सीमा निर्धारण हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथि बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति एंव बरिष्ठ साहित्यकार डा.घनश्याम न्यौपाने परिश्रमीले शिक्षा र ज्ञानआर्जन जिवनपर्यन्त चलिरहने बताउनुभयो ।
न्यु भिजन मिडिया प्रालिका प्रमुख सल्लाहकार समेत रहनुभएका डा. न्यौपानेले तालिमले जिवन ब्यवहारलाई परिर्वतन गर्नुपर्ने औल्याउदै तालिमले पूर्नताजगी गराउने जानकारी गराउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार समिति संयोजक चुडामणी भण्डारीले संस्थाले बिभिन्न आरोह अबरोह पार गर्दै वर्तमान अवस्थामा आएको बताउदै संस्थालाई दिगो ब्यवस्थापन गर्न तालिमहरु आवश्यक हुने बताउनुभयो । कार्यक्रममा संस्थाकी सल्लाहकार शान्तिदेवी हमालले महिलाहरुको शिप विकासमा लागि समेत संस्थाले योजना बनाउनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा पत्रकार समेत रहेका प्रशिक्षक कुश्माकर ढकाल, प्रशिक्षार्थीको तर्फबाट बोल्दै ओमबहादुर कार्की र रविना पाण्डेले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष छविलाल खरेलले संस्थाको कोषमा भएको रकम सदुपयोग गर्दै कार्यक्रम गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा नगरपालिकाले समेत सहकारी क्षेत्रमा लगानी गरेर सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रम न्यु भिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक रवि पाण्डेयको संचालन संस्थाको कोषाध्यक्ष भिमादेवी अधिकारीको स्वागतमा भएको थियो । तीन दिन सम्म संचालन भएको तालिमको मेघराज गौतम , बेचु गौड र कुश्माकर ढकाल (कृष्ण)ले सहजीकरण गरेको सचिव विश्वेश्वर पटेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य ईन्दिरा रोक्का, संस्थाका सल्लाहकार भोजराज ढकाल,रमेश बस्याल, गणेशकुमार पाठक पत्रकार पप्पु रेग्मी लगायतको आतिथ्यता थियो ।
तालिमममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

 

You might also like