सहकारी मार्फत रोजगारी सिर्जना : नगर प्रमुख श्रेष्ठ
रवि पाण्डेय
बर्दघाट – लाफा साकोस बर्दघाट–४ को १२ औं बार्षिक साधरणसभा तथा बिशेष अधिबेशन शुक्रवार सम्पन्न भएको छ । साधारणसभा उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सहकारीले अब बचत र ऋणको काम मात्र गरेर नपुग्ने बताउनुभयो । श्रेष्ठले अब उत्पादनको क्षेत्रमा काम गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बर्दघाट वडा–१४ का वडाध्यक्ष सन्त बहादुर गाहा, समाजसेवी दामोदर जिसी, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष तारा राना , होमबहादुर लुंगेली , लुमबहादुर खाम्चा , भिमसेन रेस्मी लगायतले मन्तब्य राख्नुभएको थियो ।
सभाको बन्दसत्रले विगतको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गर्दै नयाँ नेतृत्व समेत चयन गरेको सचिव पुर्णबहादुर थापाले जानकारी गराउनुभयो ।
सभामा संस्थाका अध्यक्ष क्याप्टेन भिमबहादु्र रानाले बार्षिक प्रगति प्रतिबेदन,सचिव पुर्णबहादुर थापाको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष तिलक बहादुर रानाको आर्थिक प्रतिबेदन र लेखा संयोजक चन्द्र बहादुर थापाको लेखा प्रतिबेदन परिमार्जन सहित पारित गरिएको थियो । संस्थाका अध्यक्ष भिमबहादु्र रानाको अध्यक्षता सचिव पुर्णबहादुर थापाको संचालन उपाध्यक्ष अनिता गाहाको संचालन रहेको कार्यक्रममा उत्कृत बचत कर्ता , असल ऋणी तथा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको ब्यवस्थापक अस्मिता आलेले जानकारी दिनुभयो । संस्थाको बिशेष अधिबेशनले चन्द्र बहादुर थापा मगरको अध्यक्षतामा उपाध्यक्ष अनिता गाहा सचिव पुर्ण बहादुर थापा, कोषाध्यक्ष चनबहादुर गाहा, सदस्यहरु बलमाया थापा ,भक्त बहादुर थापा , भुवन सिं लामिछाने मगर , भिममाया थापा ,ग्याम बहादुर थापा रहेको ९ सदस्सीय संचालक समिति निर्वाचित गरेको छ । त्यस्तै सभाले होमबहादुर लुंगेलीको संयोजकत्वमा चन्द्र कुमारी आले र मनिसरा मश्रांगी सदस्य रहेको ३ सदस्सीय लेखा सुपरिबेक्षण समिति समेत चयन गरेको छ ।