सस्तैमा केरा बिक्री गर्दै किसान
नवलपरासी – पश्चिम नवलपरासीका केरा उत्पादक किसानले सस्तैमा केरा बिक्री गर्न बाध्य भएका छन् ।
बजारमा ८० देखि १ सय बीस रुपैया दर्जन सम्म केरा बिक्री भइरहेको छ । तर किसानले सय रुपैयामा तीन दर्जन बढी सम्म केरा बिक्री गरिरहेका छन् ।
सरकारले भारतीय केराको आयातलाई नरोक्दा आफूहरुलाई मर्का परेको उनीहरुले बताएका छन् ।