दाङमा निर्वाचन बहिष्कार आन्दोलन : घरदैलो सहित १८ स्थानमा कोणसभा
दाङ – नेकपा (क्रान्तिकारी माओवादी)द्वारा मङ्सिर ४ गते हुने निर्बाचन बहिष्कार अभियान अन्तरगत दाङमा पहिलो चरणको कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्लामा शहर तथा गाउहरु गरेर १८ वटा कोण सभा गरेर प्रचारात्मक अभियानको पहिलो चरणको कार्यक्रम समापन गरिएको जिल्ला केन्द्रीय सदस्य तथा ईञ्चार्ज समीरले जानकारी दिनुभयो । उहाँका अनुसार कोणसभा सहित घरदैलोका कार्यक्रम समेत गरिएको छ । जिल्लामा सात हजार बहिष्कारको पर्चा समेत बितरण भएको जनाइएको छ । कार्यक्रमलाई जनताहरुले निकै चाँसोपूर्वक लिएको उहाँको भनाई थियो । दोस्रो चरणको कार्यक्रम तिहारलगतै संचालन गर्ने क्रान्तिकारी माओवादीले जनाएको छ । कात्तिक एक गते तुलसीपुर उपमहानगरपालिका वार्ड नं. १९ मा पर्ने स्यालापानीबाट अभियानको उद्घाटन गरिएको सेक्रेटरी शिशिरले जानकारी दिनुभयो ।