मेहर क्रिकेटबाट १४ वर्ष प्रतिबन्ध

0
यूएईका क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले १४ वर्ष लामो प्रतिबन्ध लगाएको छ । भारतीय मूलका मेहरलाई क्रिकेटको कुनै पनि प्रतियोगिता खेल्न नपाउने तथा क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको हो ।उनलाई २०१९ मा जिम्बावेमा भएको एकदिवसीय क्रिकेटमा तथा त्यही वर्ष क्यानडामा भएको ग्लोबल टी–२० फ्रेञ्चाइजमा समेत खेल मिलेमतो गरेकोमा दोषी पाइएको आईसीसीले जनायो । उनलाई त्यसअघि पनि आईसीसीले २०१८ मा युएईको आज्मानमा भएको क्रिकेट प्रतियोगितामा अनैतिक काम गरेको ठहर गरिएको थियो ।भारतमा जन्मिई युएईमा हुर्किएका छायाकरले खेलकुदका भ्रष्टाचार विरोधी संस्थासँग समन्वय गर्नसमेत मानेका थिएनन् । छायाकरसँगै २०१९ मा यूएईका अन्य चार खेलाडीलाई पनि सरकारको भ्रष्टाचार विरोधी संस्थाको विरुद्धमा काम गरेको आरोप लागेको थियो ।
उक्त कार्यपश्चात् २०२१ को मार्चमा युएईका पूर्व कप्तान मोहम्मद नाविद र ब्याटर साइमन अनवरलाई आठ वर्ष लामो प्रतिबन्ध लागेको थियो । त्यस्तै, कादिर अहमद पाँच वर्षको लागि तथा विकेटकिपर ब्याटर गुलम सबिर २०२१ को सेप्टेम्बरमा चार वर्षको लागि प्रतिबन्धमा परेका हुन् । news of nepal
You might also like