सत्ता गठबन्धनको बैठक बस्दै

0

 

सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो २ बजे बस्न लागेको हो ।

बैठकमा देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले एमालेसँग चुनावी तालमेल गरेको छ ।

बैठकमा जसपाका चार जना मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्नेबारे पनि छलफल हुनेछ । देउवा नेतृत्वको सरकारमा जसपाबाट प्रदीप यादव वन मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री, राजेन्द्रकुमार श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र मृगेन्द्रकुमार सिंह कृषि मन्‍त्री छन् ।

प्रधानमन्त्रीले मन्त्रीहरु हटाए पनि नयाँ नियुक्त गर्न भने पाउने छैनन् । नयाँ मन्त्री नियुक्ति आचारसंहिता विपरीत हुने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

यस्तै, सहमति विपरित सत्ता गठबन्धन भित्रैबाट कतिपय स्थानमा बागी उम्मेदवारीहरु परेकाले त्यसबारे समेत गठबन्धनबीच छलफल हुनेछ । malmalafm

You might also like