नागरिकता विद्येयक विषयक अन्तरक्रिया कार्यक्रम

0

दामोदर खनाल दाङ्ग ः  नेकपा ( क्रान्तिकारी माओवादी)सहितको पाँच दलिय मोर्चाको आयोजनामा राष्ट्रघाति नागरिकता विद्येयक विषयक अन्तरक्रिया कार्यक्रम नेपालगञ्जको उद्योग्बाणिज्य संघको हलमा सम्पन्न भएको छ ।
कार्याक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै क्रान्तिकारी माओवादिका स्थायी समिति सदस्य एवं प्रवक्ता हरिभक्त कडेलले नागरिकता विधेयक देशको स्वाधीनता सँग जोडिएकोले राष्ट्रिय स्वाधीनताको पक्षमा सिगो देशभक्तहरु एक ठाउँमा एकिकृत भई आन्दोलनलाई घनिभुत रुपमा अगाडि बढाउनु पर्ने आजको आवश्यकता रहेको वताउनु भयो।त्यसैगरि कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सचिव कमरेड भूपेन्द्र न्यौपानेले नेपाली नगरिकता बारे साझा अबधारणा पत्रको सार प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरु डा. जनार्दन आचार्य ,नरेन्द्र स्वाँर त्यसैगरी नेकपा मसालका प्रतिनिधि ,नेकपा बहुमतका कृण्ण शाहले आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रममा बाँके जिल्ला ईन्चार्ज प्रेमबहादुर थापाको अध्यक्षता तथा गौरिलाल कार्कीको संचालनमा सम्पन्न भएको थियो।

You might also like