क्षतिपूर्ति लिने मेरो मनसाय छैन : समीक्षा अधिकारी
सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्टाटस लेख्दै उनले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा आफूविरुद्ध आएका नकारात्मक कुराहरूमा दुःखसमेत पोखेकी छन् । साथै उनले दर्शकको साथ सहयोग र सकारात्मक बिचारले आफ्नो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएको बताएकी छन् । newsofnepal