गुल्मीमा ९० वर्षीय वृद्ध मृत अवस्थामा फेला
गुल्मीमा बुधबार दिउँसो घरबाट हिड्नुभएका ९० बर्षीय वृद्ध मृत अवस्थामा फेला पर्नुभएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका –७ जोहाङ स्थित सोतामा बस्ने ९० बर्षीय नरहरी भण्डारी सत्यवती गाउँपालिका –६ उल्लीखोलास्थित खोलाको छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य , स्थानीय र प्रहरीले खोज्ने क्रममा शुक्रबार साँझपख खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो । भण्डारीको शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाई छ ।
खोलाको किनारमा शब फेला परेकाले खोलाले बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । gorkhapatra