कर्मचारीलाई सुरक्षाको पहुँचमा ल्याउनु आवश्यक छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक एवम् अनौपचारिक क्षेत्रका कर्मचारीलाई सुरक्षाको पहुँचमा ल्याउनु आवश्यक रहेको बताउनुभएको छ।
नेपाल ट्रेड युनियन कांग्रेसको आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले श्रमिकको विषयमा ट्रेड युनियन कांग्रेस लगायतले उठाएको विषय सम्बोधन हुनेसमेत बताउनुभयो।
”संविधानले मौलिक हकमै उचित पारिश्रमिक र सामाजिक सेवा सुविधा उपलब्ध गर्ने सुनिश्चित गरेको छ। आर्थिक विपन्नका लागि ऐनले जुन सुरक्षा याेजना ल्यायो त्यही अनुसार औपचारिक, अनौपचारिक दुवै क्षेत्रका कर्मचारीलाई सुरक्षाको पहुँचमा ल्याउन आवश्यक छ”, प्रधानमन्त्री देउवाले भन्नुभयाे।
उहाँले राष्ट्रसेवक कर्मचारीको सेवा वृद्धिले कर्मचारी थप लाभान्वित हुने विश्रवास व्यक्त गर्नुभयाे । gorkhapatra