देशभक्त जनगणतान्त्रिक मोर्चा लुम्बिनी प्रदेश समितिद्वारा बिरोध प्रर्दशन
टेक मास्की
बुटवल १८ जेठ- देशभक्त जनगणतान्त्रिक मोर्चा लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा मुल्यबृद्धि, भष्ट्रचार ,कालोबजारी र महिला हिंसा बिरुद्ध बिरोध प्रर्दशन गरिएको छ ।
पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता गर, खाद्यवस्तुको मुल्य बृद्धि नियन्त्रण गर, कालाबजारीलाई कारवाही गर , हत्या हिंसा बलात्कार बन्द गर बलात्कारीलाई फाँसी दे जस्ता नारावाजी गर्दै प्रर्दशनकारीहरुले जुलुस निकालेका थिए । जुलुस पुष्पलालपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले संसदवादीहरुले जनतालाई स्थानीय तहको निर्वाचन थोपरेर निर्वाचनको परिणामसंगै मंहगी थोपरेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वाधीनतामा लागि नागरिक अभियानका संयोजक पदम बहादुर कार्कीले समेत बोल्नुभएको थियो ।
कार्यक्रममा देजमो नेतृ लक्ष्मी चौलागाईले संसदवादीहरुले ब्यवस्थाको बिकल्प खोज्नु भन्दा टालेटुले गरेर असफल संसदीय ब्यवस्था जोगाउन लागेको बताउनुभयो ।
कार्यक्रममा सो पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदी , पोलिटब्युरो सदस्य धनेश्वर पोखरेल, केन्द्रीय सदस्य बिपिन रोकाया, टिका राना , तेजकुमारी थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन राजु भुजेलले गर्नुभएको थियो ।