एमाले विजयी भइसकेको छ, एउटा कर्मकाण्ड वैशाख ३० गते पुर्‍याउनुछ : ओली

0
 
 

 नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको विजयी भइसकेको बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा पार्टीको विजयी भइसकेको  र एउटा कर्मकाण्ड मात्रै बाँकी रहेको बताए। ‘एमालेको विजयी भइसकेको छ। एउटा मात्र कर्मकाण्ड वैशाख ३० गते पुर्‍याउनुछ,’ उनले भने।

एमालेले नेपाललाई समृद्ध बनाउने  र नेपाली जनतालाई सुखी बनाउने लक्ष्य बनाएर अगाडि बढिरहेको उनको भनाइ छ। ‘ एमाले आफ्नो उद्देश्य बनाएर अगाडि बढिरहेको छ । गन्तव्य बनाएर अगाडि बढिरहेको छ ,’उनले भने,’  एमालेले सरकारमा पाइलो टेक्यो कि समाज सुधारका कामहरु, विकासका कामहरु यी सब्बै अगाडि बढ्छन्।’

जनताले निर्वाध ढंगले मत मात्रै हालेर मात्रै हुँदैन, मतको रक्षा उस्तै ढंगले गर्नुपर्नेमा उनले जोड दिए।  एमालेले पार्टी जित्ने मात्रै होइन, लोकतन्त्र जिताउने भन्दै ओलीले शान्तिपूर्ण ढंगले जित्ने पक्षमा रहेको बताए । उनले सत्ता गठबन्धनलाई लक्षित गर्दै भने,’ कसैले खलल पार्न खोज्छ भने त्यो हामीले दृढतापूर्वक रोक्नुपर्छ । एक छिन पशुपतिमा पूजा गर्न जाँदा फूलको टोकरी बाँदरले लगिदिनसक्छन्, यहाँ त ५ वटा बाँदर एकैचोटि आउँछन्।’

उनले धाँधलीबाट परिणाम तलमाथि गर्न नदिन शान्ति, स्वतन्त्रताको पक्षमा दृढताका साथ चनाखो हुनुपर्ने बताए। ‘ रामायणमा राम र सीताको रक्षाको लागि लक्षमण १२ वर्ष सुतेका थिएनन् । हामी पनि ननिदाउने मात्रै होइन आँखा झिमिक्क गर्नु हुन्न,’ उनले भने।

उनले आफूले बोलेको बुझ्ने बुद्धिजीवीको संख्या थोरै मात्रै रहेको दावी गरे। उनले भने,  ‘ म शास्त्रको कुरा गर्छु,अरुले उखान टुक्का बुझ्छन्।’

उनले आफ्नो भावनात्मक सम्बन्ध पोखरासँग रहेको बताए। ‘मलाई लाग्छ मेरो पनि यहाँ मेरो नागरिकता छ । ३ वर्ष म यहाँ बसेको छु । रत्नपुरी पार्दीमा म ३ वर्ष बसेको छु । मान्छे खार्न पगार्न पर्‍यो भने राख्ने एउटा ठाउँ छ, म त्यहाँ बसेको छु । मलाई आफ्नो ठाउँ जस्तो लाग्छ । पोखराको अध्ययन गर्ने मौका पाएको छु । ताल तलैयाको अध्ययन गर्ने मौका पाएको छु । अनेक ताल तलैया मैले जेल बस्दा अध्ययन गरेको छु,’उनले भने,’ मेरो भावनात्मक सम्बन्ध पनि छ पोखरासँग । जेल बस्दा यहाँको जेठोबुढोसँग परिचित छु।’  annapurna post

You might also like