केपी शर्मा ओलीलाई बालकोट गएर भ्याएको बेला ट्युसन पढाउँछु : गगन थापा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट गएर भ्याएको बेला ट्युसन पढाउँने बताएका छन् । ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए । ‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु । समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु ससमृद्धि तपाईंकै आइडिया हो’ उनले भने । तपाईंको समृद्धिमा अहंकारको भ्यूटावर छ । हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ ।
उनले आफूहरुको घोषणापत्रलाई ओलीले ‘पागलहरुको प्रलाप’ भनेको विषयमा प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन् । जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो,” उनले भने, “केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई । उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने नै पागल भनेर हो उहाँले । उनले बढी सनकमा जाँदा शरीरलाई असर पर्ने भन्दै त्यसो नगर्न आग्रह गरे । बूढा बा सनक्क गर्दा शरीरलाई असर गर्न सक्छ,” उनले भने, “केपी ओलीलाई लजिक मन पर्दैन मेजिक मन पर्छ । setomasi