कोरोनाकै कारण नाका पूर्णरुपमा सञ्चालनमा नआएको हो, चीनले नाकाबन्दी गरेको होइन : राजदूत यान्छी
काठमाडौं : नेपालका लागि चिनिया राजदूत होउ यान्छीले कोरोना संक्रमणका कारण रसुवागढी र तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउन नसकेको स्पष्ट पारेकी छिन्। चिनियाँ दूतावाताले बिहीबार गरेको भर्च्युअल पत्रकार सम्मेलनमा चीनले ‘सफ्ट ब्लकेड’ भनेको प्रति राजदूत यान्छीले निराधार भएको स्पष्ट पारेकी हुन्।
नेपाल चीनबीच अहिले पनि सोही स्थानहरुबाट व्यापार भइरहेको उनले दावी गरिन्। कोरोना भाइरस संक्रमणका कारण तीन नाकाहरुबाट सोचेअनुसार काम नभएको उनले स्पष्ट पारिन्। कोरोना संक्रमण सुरु भएपछि रसुवागढी र तातोपानी नाका एकतर्फीरुपमा चीनले बन्द गरेको भन्दै नेपाली व्यवसायीहरुले विरोध गर्दै आएका छन्।
हालै भएको चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा समेत परराष्ट्रमन्त्री नारायण खड्काले नाका खुलाउनेबारे छलफल गरेका थिए। छलफलका क्रममा विदेशी मन्त्री वाङ यीले रसुवागढी मात्र नभइ अन्य नाका सञ्चालनबारे पनि चीन सकारात्मक रहेको बताएका थिए।
चीनमा कोरोना भाइरस सङ्क्रमणले महाकारीको रुप लिएपछि सुरुका दिनमा केही समयलाई चिनियाँ पक्षले नाकाहरू बन्द गरेको थियो। स्थिति नियन्त्रणमा आएपनि चीनले नाका खुलाउनेबारे खासै चासो दिएको छैन। annapurnapost