नगरकोट दोहोरी साँझ उत्कृष्ट

0

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको छ । मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए । ती सबै टोलीलाई पछि पार्दै नगरकोट दोहोरी साँझ प्रतियोगितामा उत्कृष्ट भएको हो ।

१६ चैत देखि काठमाडौंको भृकुटी मण्डपमा जारी यो प्रतियोगिता पुरस्कार प्रदान गर्दै आईतबार अबेर साँझ सकिएको छ । शनिबार नै कार्यक्रम सक्ने भनिए पनि शनिबार प्रतिस्पर्धा नसकिएपछि आईतबार उत्कृष्ट १६ बीच क्वाटर फाईनल, सेमी फाईनल हुँदै फाईनल खेल भएको थियो । आईतबार फाईनलमा गामबेसी दोहोरी साँझलाई पछि पार्दै नगरकोट दोहोरी साँझको टोली जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट भए ।

यो टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्बी थकालीसहित पूर्व अध्यक्ष तथा अन्य अतिथिले उनीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । प्रतिस्प्र्धा निकै भए पनि आफुहरुले आत्म विश्वासका साथ प्रस्तुत गरेको ससक्त तुक्काका कारण उत्कृष्ट भएको जीव्न र अस्मिताले बताए ।

यस्तै यो राष्ट्रिय प्रतियोगितामा गामबेसी दोहोरी साँझ द्धितीय भयो । गामबेसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शान्ता ओली द्धितीय पुस्कार स्वरुप ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै सो प्रतियोगितामा यस पटक दुई समुहले तृतीय स्थान हाँसिल गरेका छन् । अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली काठमाडौंको क्विन रोदी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तृतीय भएका हुन् । तेश्रो हुने टोलीले १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्रप्राप्त गरेका छन् । क्विन रोदी क्लबका श्याम राना र हरिमायाँ रायमाझीसँगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठानका बिक्रमबाबु बिश्वकर्मा र लक्ष्मी बस्नेतले तृतीय स्थान हाँसिल गरेका हुन् ।

यो प्रतियोगितामा समुन खड्का, राजु लामिछाने, पुजा पुन र अर्चना चापाईगाई उत्कृष्ट पुरुष तथा महिला कलाकारको पुरस्कार जित्न सफल भए । उनीहरुले जनही १० हजार रुपैयाँ पाए । यस्तै ओखलढुँगा लोक दोहोरी प्रतिष्ठान टिमले अनुशासिट टिमको पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ट अनुशासित टिमीले प्रमाणपत्र र १० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै निशान्त विक र दिल कुमारी बिकले नव प्रतिभा प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाए । यसै गरी भद्रकाली आमा समुहलाई प्रोत्साह पुरस्कार स्वरुप ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।

कोरोनाको महामारी पछि सुस्ताएको लोक दाहोरी संगीत बजारमा उर्जा ल्याउँदै कलाकारहरुलाई लोक दोहोरी गायनमा अक्ष प्रेरणा जगाउन आफुहरुले यो प्रतियोगिता आयोजना गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले कार्यक्रममा बताए । यो प्रतियोगितामा काठमाडौंको भृकुटी मण्डपमा चार दिनसम्म नै दर्शकहरुको ठुलो उपस्थित रहेको र अहिलेको अबस्थामा पनि साचेको भन्दा यो प्रतियोगिता निकै सफल भएको पनि अध्यक्ष बिजीले बताए ।

प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको सँयोजकत्वमा पूर्व अध्यक्ष, अध्यक्ष तथा अहिलेका पुस्ताका चर्चित लोक दोहोरी गायकसहित १० जनाको निर्णायक टोलीले प्रतियोगितामा ६१ टोलीबाट विभिन्न चरणको दोहोरी पश्चात उत्कृष्ट बिजेताहरुको चयन गरेको हो । बिगत चार दिनदेखि कार्यक्रमलाई सञ्चालन गर्दै आएका प्रतिष्ठानका महासचिब सुवास केसीले प्रतियोगितालाई निकै रोचक बनाएका थिए ।   rajdhanidaily

You might also like