संखुवासभा बस दुर्घटना : घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट धरान लगियो
संखुुवासभा — मादीमा भएको बस दुर्घटनाका घाइते भएका ५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले बताए ।घाइतेमध्ये युका पोखरेल र बलबहादुर कार्कीको अवस्था गम्भीर छ ।
मादीमा भएको बस दुर्घटनाका मृतकमध्ये १० जनाको सनाखत भएको छ । मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।kantipurnews