यार्सागुम्बा र भालुको पित्तसहित कञ्चनपुरबाट एकजना पक्राउ
८ फागुन, कञ्चनपुर । प्रहरीले कृष्णपुर नगरपालिका-५ वनदेवी मन्दिर नजिकबाट ५ सय २४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुम्ला कन्कासुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल कैलाली गोदावरी नगरपालिका-२ अत्तरिया डेरा गरी बस्ने ५७ वर्षीय बृख कामी रहेका छन् ।
प्रहरीले अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५ सय ग्राम यार्सागुम्बा बरामद गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ onlinekhabar