पछिल्लो पाँच वर्ष धेरै गल्ती गरेँ, माफी चाहन्छु : कमल थापा
पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको उनको भनाइ छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताए ।
गत पुसमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएको दुई महिना नबित्दै थापाले पार्टी छाडेर फेरि अर्को पार्टी गठन गरेका हुन् । थापा नेतृत्वको राप्रपा नेपालको शनिबार नै घोषणा गरिएको हो ।onlinekhabar