एमसीसी बिरुद्ध राजमोको सुनवलमा कार्यक्रम सम्पन्न

0

सुनवल – राष्ट्रघाति एमसीसी विरुद्ध देशव्यापि विरोध कार्यक्रम दौरानमा नवलपरासीको सुनवलमा विरोध कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख वक्ता राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य तिलक प्रसाद सुवेदीले अमेरिकी राजदुत र रक्षा मन्त्रालयका आधिकारिक भनाइबाट एमसीसी अनुदान नभई लगानी भएको बताउनुभयो । एमसीसी अमेरिकाको हिन्दप्रशान्त सैन्य गठबन्धनको अभिन्न अङ्ग भएको उहाँले बताउनुभयो ।
दनेपालका दलाल नेता र विद्वान भनाउदाले एमसीसी अनुदान हो , सैन्य गठबन्धनसंग कुनै सम्बन्ध छैन ूभन्नू हदै दर्जाको साम्राज्यवादको दलालि गरेर व्यक्तिगत फाईदाका लागि राष्ट्रघात गर्ने निकृष्ट काम गर्न रोक्न नेपाली जनता जाग्नु पर्ने सुवेदीको भनाई थियो ।

सम्पूर्ण राष्ट्रभक्त नेपाली जनताले आआफनो स्थानबाट बिरोध गरेर मुलुकको स्वाधीनतालाई बचाउनु पर्नेमा नेता सुवेदीले जोड दिनुभयो ।
विरोध कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी मसाल जिल्ला प्रवक्ता धनपति सापकोटा , अखिल नेपाल किसान महासंघ नवलपरासी जिल्ला अध्यक्ष जितबहादुर पौडेल , अखिल नेपाल जनजाति सम्मेलन प्रदेश सदस्य शेरबहादुर सुर्यबंशि, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीले समेत मन्तव्य राख्नु भएको थियोे ।कार्यक्रम अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कुलराज गौतमले सञ्चालन गर्नुभएको थियो ।

You might also like