गिरफ्तार नेताहरुलाई स्वागत एंव कोणसभा सम्पन्न

0

नवलपरासी – पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले एमसीसी खारेजीको माग गर्दै गरेको बन्द आब्हानको क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट पक्राउ परेका ४ जनालाई प्रहरीले रिहा गरेको छ ।बुधवार बिहान पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटको गेटमा पुगेका नेता कार्यकर्ता र अभियन्ताहरुले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।

 

त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खराल ; प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्री, जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल र बिप्लव नेकपाका बिशेष जिल्ला समिति सदस्य गंगा प्रसाद ज्ञवालीलाई बर्दघाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
दिनभर गिरफ्तार उनीहरुलाई बुधवार साँझ रिहा गरिएको पछि स्वागत तथा कोणसभा गरिएको छ । कार्यकममा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर ईञ्चार्ज चुडामणी भण्डारी र नेकपाकातर्फबाट बिशेष जिल्ला समिति सदस्य गंगा प्रसाद ज्ञवालीले बन्द सफल भएको भन्दै धन्यवाद दिनुभएको थियो ।
स्वागतले आफूहरुलाई संर्घषमा उत्रने थप उर्जा प्रदान भएको नेताहरुले बताएका छन् ।

 

You might also like